रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाहमा अन्तिम तशह्हुदपछि र सलाम फेर्नुअघि चार चीजहरूबाट सुरक्षाको लागि अल्लाहसँग शरण माग्नुहुन्थ्यो र हामीलाई पनि तिनीहरूबाट सुरक्षाको लागि अल्लाहको शरण लिन आदेश दिनुभयो । १- (मिन् अजाबिल्-कब्र) कब्रको(चिहानको) सजायबाट । २- (मिन् अजाबिन्नार) कयामतको दिनमा नरकको सजायबाट । ३- (मिन् फित्-नतिल्-मह्-या) जीवनका प्रलोभनहरूबाट, जस्तै अवैध इच्छाहरू र भ्रामक शंकाहरू । (व मिन् फित्-नतिल्-ममात्) मृत्युको बेला आउने समस्याबाट, जस्तै मृत्युको समयमा इस्लाम वा सुन्नतबाट विचलित हुनु, वा चिहानका परीक्षा र कष्टहरूबाट—जस्तै दुई फरिश्ता (स्वर्गदूत) का प्रश्नहरू। ४- (मिन् फित्-नतिल्-मसीहिद्-दज्जाल्) झूटा दज्जालको फित्नाबाट, जुन अन्तिम समयमा देखा पर्नेछ र जसको माध्यमबाट अल्लाहले आफ्ना भक्हतरूको परीक्षण गर्नुहुनेछ । दज्जालको फित्ना (परीक्षण) ठूलो र भयानक भएकोले यहाँ विशेष रूपमा उल्लेख गरिएको हो ।