हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (पद) सबैभन्दा ठूलो छ ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मलाई छातीमा हिर्काउनुभयो र भन्नुभयो: "...

उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (पद) सबैभन्दा ठूलो छ ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (पद) सबैभन्दा ठूलो छ ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मलाई छातीमा हिर्काउनुभयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिमीलाई यो ज्ञानको शुभकामना छ है ।"
सही - मुस्लिमले वर्णन गरेका छन्

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) लाई अल्लाहको पुस्तकको सबैभन्दा ठूलो आयातको बारेमा सोध्नु भयो र उनले जवाफ दिन हिचकिचाए तर पछि उनले जवाफ दिए : आयतुल-कुर्सी; {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कैयूम} हो । नबीले उनको जवाफको समर्थन गर्नुभयो र उनको छातीमा आफ्नो हातले हिर्काउनुभयो । उनको छाती ज्ञान र विवेकले भरिएको छ भनेर संकेत गर्न । यो ज्ञान उनको लागि खुशीको स्रोत बनोस् र बाटो सहज होस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।

  1. उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) को श्रेष्टता ।
  2. कुर्आनको सबैभन्दा ठूलो श्लोक आयतुल-कुर्सी हो भन्ने कुराको प्रमाण, अतः यसलाई कण्ठ गर्नु, यसमा मनन गर्नु र यस अनुसार कार्यान्वयन गर्नु आवश्यक छ ।

Successfully sent!