आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म शरीरमा दुवै हत्केलाले (मसह ) हल्का तरिकाले मुसार्नु हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरुवात गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नु हुन्थ्यो । सही - बुखारीले वर्णन गरेका छन्
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरीका के थियो भने जब उहाँ सुत्न ओछ्यानमा जानुहुन्थ्यो, उहाँले आफ्ना दुबै हत्केलाहरू एकसाथ जम्मा गरेर माथि उठाउनुहुन्थ्यो (जसरी दुआ गर्नेले हात उठाउँछ), अनि त्यसमा एकदमै थोरै थुकसहित फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास्, " तीनवटै सुरह पढेर सकेसम्म सम्पूर्ण शरीरमा दुवै हत्केलाले (मसह ) हल्का तरिकाले मुसार्नु हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरु गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नुहुन्थ्यो ।

explain-icon

Benefits from the Hadith

  • सुत्नु अघि, सूरह इख्लास, फलक र नास पढ्नु र दुवै हत्केलाहरूमा फुक्नु अनि सकेसम्म सम्पूर्ण शरीरभरि हात मुसार्नु मुस्तहब (राम्रो) हो ।