रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।...

आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरिकी छिन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म शरीरमा दुवै हत्केलाहरूले मसह (दल्नु) हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरुवात गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नु हुन्थ्यो ।
सही - बुखारीले वर्णन गरेका छन्

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरीका के थियो भने जब उहाँ सुत्न ओछ्यानमा जानुहुन्थ्यो, उहाँले आफ्ना दुबै हत्केलाहरू एकसाथ जम्मा गरेर माथि उठाउनुहुन्थ्यो (जसरी दुआ गर्नेले गर्छ) अनि त्यसमा अलिकति थुक मिसाएर फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म सम्पूर्ण शरीरमा दुवै हत्केलाहरूले मसह गर्नु (दल्नु) हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरु गर्नुहुन्थ्यो र यसरी तीन पटक दोहोर्याउनु हुन्थ्यो ।

  1. सुत्नु अघि, सूरह इख्लास, फलक र नास पढ्नु र दुवै हत्केलाहरूमा फुक्नु अनि सम्भव भएसम्म सम्पूर्ण शरीरमा हातहरू फेर्नु मुस्तहब (राम्रो) हो ।

Successfully sent!