अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब तिमीहरूमध्ये कसैले वुजू गर्छ, उसले नाकमा पानी हालेर राम्रोसँग सफा गरोस्। जसले इस्तिन्जा (ढुंगाद्वारा शुद्धता प्राप्त गर्नु) गर्छ, उसले विजोर सङ्ख्यामा ढुंगा प्रयोग गरोस्। तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझिन्छ भने, उसले भाँडोमा हात हाल्नु अघि आफ्नो हात तीन पटक धुनुपर्दछ, किनकि रातमा उसको हात कहाँ-कहाँ गएको थियो उसलाई थाहा हुँदैन।” ।" सहीह मुस्लिमका शब्दहरू यस प्रकार छन्: "जब तिमीहरूमध्ये कोही निद्राबाट ब्यूँझन्छ, उसले आफ्नो हात तीन पटक नधोएसम्म भाँडामा डुबाउनु हुँदैन, किनकि उसलाई थाहा छैन कि सुत्ने बेला उसको हात कहाँ-कहाँ परेको थियो। ।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तहारत (पवित्रता) का केही नियमहरुको व्याख्या गर्नुभएको छ, जस्तै: १- वुजू गर्ने व्यक्तिले श्वास तानेर नाकमा पानी लिनु पर्छ त्यसपछि अर्को श्वास फ्याँकेर पानी बाहिर निकाल्नुपर्छ। २- दिसापिसाबपश्चात् पानीबाहेक अन्य वस्तुहरू जस्तै ढुङ्गा आदिको प्रयोग गरी मलमूत्र सफा गर्न चाहने व्यक्तिले बिजोर संख्यामा ढुङ्गा आदिको प्रयोग गर्नुपर्छ। यसका लागि न्यूनतम संख्या तीन हो र अधिकतम संख्या जतिमा फोहर र स्थान पूर्ण रूपमा सफा हुन्छ, त्यति नै प्रयोग गर्न सकिन्छ। ३- राती सुतेर ब्युँझेपछि वुजु गर्नका लागि भाँडामा आफ्नो हात पसाउनुअघि हातलाई बाहिरै तीन पटक धुन उचित हुन्छ। यसको कारण के हो भने, रातभर सुत्दा हात कहाँ थियो भन्ने कुरा मानिसलाई थाहा हुँदैन। त्यसैले, हातमा कुनै अशुद्धता वा फोहोर लागेको हुन सक्छ। यसका अतिरिक्त, शैतानले हातसँग छेडछाड गरेको हुन सक्छ वा मानिसको लागि हानिकारक वा पानी दूषित गर्ने कुनै कुरा त्यसमा ल्याएको हुन सक्छ।

explain-icon

Benefits from the Hadith

  • वुजू गर्दा श्वासद्वारा नाकमा पानी तान्नु अनिवार्य छ, जसलाई 'इस्तिनशाक' भनिन्छ र त्यसैगरी अर्को श्वासद्वारा पानी निकाल्नु अनिवार्य छ, जसलाई 'इस्तिनसार' भनिन्छ।
  • इस्तिजमार (ढुंगाद्वारा वा त्यसै समान वस्तु प्रयोग गरेर शौचपश्चात् सफा गर्ने काम) लाई बिजोर संख्यामा गर्नु मुस्तहब (पुणयदायी) हो।
  • राति सुतेर उठेपछि दुवै हात तीन पटक धुनु पर्छ ।
explain-icon

More ...