अबू अय्यूब अल अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तिमीहरू दिशा-पिसाब गर्न जान्छौ, तब किब्लातर्फ न मुख गर, न त पिठ्यूँ फर्काऊ, बरु पूर्व वा पश्चिमतर्फ फर्केर शौच गर ।" अबू अय्यूब (रजियल्लाहु अन्हु) ले भन्नुहुन्छ कि, जब हामी सिरिया गयौं, त्यहाँ हामीले शौचालयहरू किब्लातर्फ फर्काएर बनाइएका पायौं। त्यसैले हामीले सकेसम्म अर्को दिशामा फर्केर शौच गर्ने गर्थ्यौं र अल्लाहसँग माफी माग्ने गर्दथ्यौं।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दिसापिसाब गर्ने व्यक्तिलाई किब्ला (काबा) तिर आफ्नो अनुहार वा पिठ्यूँ फर्काउन निषेध गर्नुभएको छ। यदि उसको किब्ला मदीनाका मानिसहरूको किब्ला जस्तै हो भने, उसले शौच गर्ने बेला पूर्व वा पश्चिमतिर फर्केर बस्नुपर्ने हुन्छ। त्यसपछि अबू अय्यूब (रजियल्लाहु अन्हु) ले बताउनुहुन्छ कि जब उहाँहरू शाम (सिरिया) जानुभयो, त्यहाँ उहाँहरूले शौच गर्न बनाइएका शौचालयहरू कअ्बातर्फ फर्काएर बनाइएका पाए। त्यसैले उहाँहरू आफ्नो शरीरलाई किब्लाको दिशाबाट सकेसम्म मोडेर बस्ने गर्थे, र तैपनि अल्लाहसँग क्षमायाचना गर्ने गर्थे।

explain-icon

Benefits from the Hadith

  • यस नियमको कारण पवित्र काबाको सम्मान र प्रतिष्ठा कायम रहोस् भन्ने कुरा हो ।
  • शौचालयबाट निस्केपछि 'गुफ्रानक' (हे अल्लाह! म तिम्रो क्षमा याचना गर्छु)भन्नु पर्छ ।
  • यसबाट नबी (सल्लल्लाहु अलैहि वसल्लम) को शिक्षाको सुन्दरता स्पष्ट हुन्छ; किनभने जब उहाँले कुनै कुरालाई निषेध गर्नुभयो, तब त्यसको जायज विकल्पतर्फ पनि मार्गदर्शन गर्नुभयो।
explain-icon

More ...