जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) जब शौच गर्न (पिसाब वा दिसाका लागि) कुनै ठाउँमा प्रवेश गर्न चाहनुहुन्थ्यो, उहाँले अल्लाहसँग पुरुष र महिला शैतानहरूको हानिबाट सुरक्षाको लागि शरण माग्नुहुन्थ्यो। यस दुआमा 'खुबुसि वल्-खबाइस्' शब्दलाई दुष्टता र अपवित्रताको रूपमा पनि व्याख्या गरिएको छ।