नबी (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँपछि उहाँका धर्मी खलीफाहरूको समयमा, मुस्लिमहरूले साना र ठूला प्रत्येक व्यक्तिको तर्फ बाट एक साअ खाद्य पदार्थ जकात-ए-फित्रको रूपमा दिने गर्थे। त्यसबेला उनीहरूको मुख्य भोजन जौ, किसमिस, सुकाएर कडा पारिएको दूध (छुर्पी) र खजुर थिए। यहाँ यो कुरा याद राख्नु पर्छ, एक सा'मा चार मुद्द हुन्छ। एक मुद्द भन्नाले एउटा साधारण मानिसले आफ्ना दुवै हात जोडेर अञ्जुलि भर्दा जति अट्छ, त्यति बराबरको परिमाण हो। तर जब मुआविया (रजियल्लाहु अन्हु) खलीफाको हैसियतले मदीना आए र शामको गहुँ प्रशस्त भयो, उनले एक उपदेश दिए र भने: मलाई लाग्छ शामको दुई मुद (आधा साअ) गहुँ एक साअ खजूर बराबर हुन्छ। त्यसैले मानिसहरूले उनको सल्लाह अनुसार काम गर्न थाले। तर अबू सईद खुदरी (रजियल्लाहु अन्हु) ले भन्नुभयो: म जीवनभर त्यसरी नै फित्रा निकाल्नेछु जसरी म नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा निकाल्थें।