अम्र बिन शुऐबले आफ्नो बुबाद्वारा आफ्नो हजुरबुवाबाट नकल गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "आफ्ना छोराछोरीहरू सात वर्षको हुँदा सलाह (नमाज) पढ्न आदेश दिनु र दस वर्षको हुँदा तिनीहरूलाई (नमाज नपढे) पिट्नु र उनीहरूको ओछ्यान अलग गर्दिनु ।" हसन - अबू दाऊदले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, बुबाले आफ्नो सन्तान (छोराछोरी) लाई सात वर्षको हुँदा नमाज पढ्न आदेश दिनुपर्छ र उनीहरूलाई नमाज कायम गर्न आवश्यक कुराहरू सिकाउनुपर्छ। तिनीहरू दस वर्ष पुगेपछि लापरवाही गर्छन् भने पिट्न भनिएको छ र उनीहरूको ओछ्यान पनि अलग गर्न आदेश दिइएको छ ।

explain-icon

fawaed

  • बालबालिकाहरूलाई बालिग हुनु अघि धर्मका आधारभूत कुराहरू सिकाउनु पर्छ, जसमध्ये सबैभन्दा महत्त्वपूर्ण सलाह (नमाज) हो ।
  • पिटाइ अनुशासनको लागि हो, न कि यातनाको लागि। त्यसैले अवस्था अनुरूप पिटाइ गर्नुपर्छ ।
  • शरियतले इज्जत जोगाउन र अनैतिकता र बिगार निम्त्याउन सक्ने हरेक बाटो अवरुद्ध गरेको छ ।