नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले केही चीजहरू उल्लेख गर्नुभएको छ जुन शिर्क हो । तीमध्ये केही कुराहरू यस प्रकार छन्: १) रुक्या : अर्थात् शिर्कमा आधारित यस्ता कुराहरू जसलाई इस्लाम पूर्व (जाहिलियत काल) का मानिसहरू रोगबाट निको हुनको लागि पढ्थे । २) मोती वा सीप आदिबाट बनेको ताबीज, जसलाई बच्चा र जनावरहरूमा नराम्रो नजरबाट जोगाउन बाँधिन्छ । ३) तिवला : श्रीमान्–श्रीमतीबीच माया गर्नका लागि टुनामुना गर्नु । यी सबै कुराहरू शिर्क हुन्; किनभने यसको नत शरियतबाट कुनै प्रमाण छ नत कुनै प्रमाणित भौतिक अनुभव । जहाँसम्म शरियतका उपायहरू छन्, जस्तै कुर्आन पढ्नु वा भौतिक साधनहरू, जस्तै औषधिहरू, जुन अनुभव वा परीक्षणबाट प्रमाणित छन्, यी केवल साधनहरू हुन् र नाफा-नोक्सानको मालिक अल्लाह हुनुहुन्छ भन्ने विश्वासका साथ प्रयोग गर्न अनुमति छ ।