रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कसैलाई पनि हानि नपुर्याउनु आदेश दिनुभएको छ। त्यसैले नत आफुलाई यातना दिन पाइन्छ, नत अरुलाई दुःख दिन पाइन्छ । दुवै कुरा उत्तिकै अवैध हुन् । हानिको बदलामा हानि गर्न अनुमति छैन; किनकि हानिको क्षतिपूर्ति हानिले हुँदैन । किसास (ज्यानको बदला ज्यान) लिदा पनि ज्यादती गर्ने अनुमति छैन। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले मानिसहरूलाई हानि पुर्याउँछ, उसले आफैलाई हानि गर्नेछ र जसले मानिसहरूलाई कठिनाइमा पार्छ, उसले आफैलाई कठिनाइहरू भोग्नेछ भनेर चेतावनी दिनुभयो ।