रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब नमाज पढ्ने व्यक्तिलाई आफ्नो पेटमा केही महसुस हुन्छ र हावा खुस्केको छ वा छैन निश्चित छैन भने उसले आवाज नसुनेसम्म वा गन्ध नआएसम्म नमाज छोडेर पुनः वुजू गर्न बाहिर जानु पर्दैन । किनभने शङ्काको आधारमा निश्चित कुरा अमान्य हुँदैन र यहाँ पवित्रता निश्चित कुरा हो, जबकि वुजू भङ्ग भयो कि भएन शंकास्पद कुरा हो ।