अबू-सईद अल्-खुदरी रजियल्लाहु अन्हु बाट उद्धृत गरिएको छ, उहाँ भन्नु हुन्छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई भन्दै गरेको सुनें : "तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो"। सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

Explanation

अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले गलत कार्य (मुन्कर) लाई आफ्नो क्षमता अनुसार रोकथाम गर्न आदेश दिदै हुनुहुन्छ । अल्लाह र उहाँका रसूलले निषेध गर्नुभएको हरेक कार्य मुन्कर (गलत) हो । यदि कसैले कुनै गलत कार्य (मुन्कर) भइरहेको देखिरहेको छ र ऊ सक्षम छ भने आफ्नो हातले त्यसलाई रोक्नु पर्छ । यदि ऊ त्यसो गर्न असमर्थ छ भने, उसले आफ्नो बोलीले यसलाई परिवर्तन गरोस्। उसले गलत गर्नेलाई त्यसको हानि नोक्सानी सम्झाएर त्यसबाट रोकोस र यो गलतीको सट्टा उसलाई राम्रो कुराको मार्गदर्शन गरोस् । यदि ऊ त्यसो गर्न असमर्थ छ भने, उसले आफ्नो हृदयमा यो खराबीलाई घृणा गर्नुपर्छ र सक्षम भएको भए निश्चयनै परिवर्तन गर्ने थिए भनेर संकल्प गर्नुपर्छ। हृदयमा गलत कार्यलाई गलत ठान्नु ईमानको सबैभन्दा कमजोर स्तर हो।

explain-icon

Benefits from the Hadith

  • गलत कार्यलाई रोकथाम गर्ने चरणहरूबारे बुझाउन यो हदीस एउटा आधार हो।
  • यस हदीसमा गलत कार्यको रोकथामको लागि क्रमशः अनुरुप र हरेकले आफ्नो क्षमता एवं शक्ति अनुसार रोकथाम गर्न आदेश दिइएको छ।
  • गलत (मुन्कर) लाई परिवर्तन गर्नु धार्मिक महान अध्याय हो जुन हामी सबैको दायित्व हो र प्रत्येक मुस्लिमले आफ्नो क्षमता अनुसार गर्नुपर्ने छ।
  • असल कुराको आदेश दिनु र नराम्रो कुराबाट मनाही गर्नु आस्थाको एउटा महत्वपूर्ण पाटो हो र ईमान (सत्कर्मले) बढ्छ र (कुकर्मले) घट्दछ ।
  • गलत कार्य (मुन्कर) बाट मनाही गर्नको लागि त्यो कार्य गलत (मुन्कर) हो ज्ञान हुनुपर्छ ।
  • गलत कार्य (मुन्कर) बाट मनाही गर्नुकाे अर्को शर्त के हो भने रोक्ने कार्यले अझ ठूलो खराबी उत्पन्न नहोस् ।
  • गलत (मुन्कर) बाट मनाही गर्नका निम्ति केही नियम र शर्तहरू छन् जुन एक मुस्लिमले सिक्नुपर्ने हुन्छ ।
  • खराब कुरा (मुन्कर) को खण्डन गर्नका निम्ति इस्लामी धर्मशास्त्रको नीति, ज्ञान र विवेक आवश्य नै चाहिन्छ।
  • खराब कुरा (मुन्कर) लाई हृदयले पनि नराम्रो नठान्नु, ईमान (आस्था) कमजोर भएको संकेत गर्दछ ।
explain-icon

More ...