कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ, पढ्दै गर्नुहोस् र माथि बढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस् । तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।...

अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ, पढ्दै गर्नुहोस् र माथि बढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस् । तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।"
हसन - अबू दाऊदले वर्णन गरेका छन्

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, कुरआनलाई सधैं पढ्ने, हिफ्ज गर्ने र त्यही अनुसार कर्म गर्ने व्यक्तिलाई जन्नतमा प्रवेश गरिसकेपछि भनिनेछ : कुरआन पढ्दै गर्नुहोस् र माथि चढ्दै जानुहोस् । तपाईंले जसरी संसारमा सम्झेर मनन गर्दै विस्तारै तिलावत गर्नुहुन्थ्यो त्यस्तै पढ्नुहोस्; तपाईंको जहाँ अन्तिम आयत (श्लोक) समाप्त हुन्छ, त्यहाँ तपाईंको गन्तव्य हुनेछ ।

  1. कर्महरूको प्रतिफल मात्रा र कैफियत अनुसार दिइनेछ ।
  2. कुर्आनको तिलावत गर्ने, हिफ्ज (कण्ठ) गर्ने, मनन गर्ने र त्यस अनुसार कार्यान्वयन गर्न प्रोत्साहन ।
  3. स्वर्गमा धेरै चरण र स्तरहरू छन् । कुर्आन जान्ने मानिसहरूले स्वर्गको उच्चतम स्तर प्राप्त गर्नेछन् ।

Successfully sent!