यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुर्आन पढ्ने र यसबाट लाभान्वित हुने सन्दर्भमा मानिसहरूका प्रकारहरू व्याख्या गर्नुभएको छ: पहिलो श्रेणी: त्यो मुमिन (विश्वासी) जसले कुर्आन पढ्छ र त्यसबाट लाभ उठाउँछ, ऊ बिमिरो फल जस्तै हो, जसको स्वाद मिठो, सुगन्धित र रंग पनि सुन्दर हुन्छ र यसका फाइदाहरू धेरै छन् । तसर्थ, उसले पढे अनुसार कर्म गर्छ र मानिसहरूलाई फाइदा पुर्याउछ । दोस्रो: कुरआन नपढ्ने विश्वासी खजूरजस्तै हुन्छ, जसको स्वाद मीठो हुन्छ, तर त्यसमा कुनै सुगन्ध हुँदैन। उसको हृदयमा (ईमान) विश्वासले भरिएको हुन्छ, जसरी खजूरको भित्री भाग मिठासले भरिएको हुन्छ। तर उसबाट सुगन्ध फैलिँदैन, किनभने उसले कुरआनको वाचन गर्दैन, जसलाई सुनेर मानिसहरूले सन्तुष्टि र शान्ति प्राप्त गर्न सक्थे। तेस्रो: मुनाफिक (कपटी) व्यक्ति जसले कुरआन पढ्छ, ऊ रैहान (तुलसी) जस्तै हो। जसमा मीठो सुगन्ध हुन्छ तर स्वाद तीतो हुन्छ। यसको कारण के हो भने, उसले आफ्नो हृदयलाई ईमान (विश्वास) ले सुधारेको हुँदैन र न त उसले कुरआनको पालना नै गर्छ, तर मानिसहरू सामु आफुलाई मुमिन हो भनेर देखाउँछ । मीठो सुगन्ध उसले गरेको कुर्आनको वाचनको कारण हो र तितो स्वाद उसको कुफ्र (अविश्वास) को कारणले हो । चौथो: कुरआन नपढ्ने पाखण्डी 'इन्द्रायण' जस्तै हो, जसमा कुनै सुगन्ध हुँदैन र त्यसको स्वाद पनि तीतो हुन्छ। सुगन्धको अभाव कुरआन पठनको अभाव जस्तै हो र स्वादको तीतोपन उसको कपटको तीतोपन जस्तै हो, किनकि उसको भित्री मन विश्वासविहीन हुन्छ र उसको बाह्य अवस्थाबाट पनि कुनै लाभ हुँदैन, बरु हानिकारक नै हुन्छ।