explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहको नजरमा सबैभन्दा उत्कृष्ट मुस्लिम त्यो हो जसले कुर्आन सिक्यो, अर्थात् यसको तिलावत (पाठ) सिक्यो, यसलाई कण्ठ गर्यो, राम्रोसँग पढ्न सिक्यो र यसको अर्थ, व्याख्या र आशा अभिलाषा सिक्यो र साथै आफूसँग भएको कुर्आनको ज्ञानको अभ्यास गर्दै अरूलाई पनि सिकायो ।

explain-icon

fawaed

  • कुर्आनको महत्त्व र यो सबैभन्दा उत्कृष्ट वाणी हो; किनभने यो अल्लाहको कलाम (वचन) हो ।
  • सबै भन्दा राम्रो शिक्षक त्यो हो जसले अरूलाई सिकाउँछ र ज्ञानलाई आफुमा सीमित राख्दैन ।
  • कुर्आन सिक्ने र सिकाउनुमा यसको पठन, अर्थ, आदेश र निर्देशनहरू सबै समावेश छन् ।
explain-icon

more