अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यो कुर्आनलाई निरन्तर सम्हाली राख। अल्लाहको कसम; जसको कब्जामा मेरो प्राण छ, यो कुरआन (स्मरणबाट) बाँधिएको ऊँटभन्दा अझ चाँडो फुत्कन्छ।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कुर्आनको ख्याल राख्न र यसलाई नियमित पढ्न आदेश दिनुभएको छ, ताकि एक व्यक्तिले यसलाई आफ्नो स्मरणमा कण्ठ गरेपछि नबिर्सियोस्। उनले आफ्नो शपथ खाएर यस कुरामा झन् जोड दिएका छन् कि यो कुरआन मानिसको स्मरणबाट बाँधिएको ऊँटभन्दा अझ छिटो फुत्कन्छ । यदि मानिसले ख्याल राख्यो भने त्यो रहन्छ र ध्यान दिएन भने त्यो निस्कन्छ ।

explain-icon

Benefits from the Hadith

  • कुर्आनको हाफिजले कडाईका साथ नियमित पाठ गरिरह्यो भने त्यो हृदयमा सुरक्षित रहन्छ, अन्यथा स्मृतिबाट बाहिर जान्छ ।
  • कुरआनलाई नियमित रूपमा पढ्नुको एउटा फाइदा: यसमा धेरै पुण्य निहित छ र यसले न्यायको दिनमा व्यक्तिको दर्जा बढाउँछ ।
explain-icon

More ...