इब्न उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले माइज़ बिन मालिक अल-अस्लमी (रजियल्लाहु अन्हु) लाई ज़िना (व्यभिचार) गरेको सजाय दिएपछि उठेर मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो : यस नालायकी काम र यस्ता अन्य घृणित कामहरूबाट टाढा रहनुहोस्। तर यदि कसैलाई यस प्रकारको काममा संलग्न भइहाल्यो भने, उसमा दुई कुरा अनिवार्य हुन्छन्: पहिलो: उसले अल्लाहले लुकाउनुभएको हुँदा आफूलाई ढाकोस् र आफ्नो पापबारे कसैलाई नबताओस्। दोस्रो: उसले तुरुन्तै अल्लाहसमक्ष तौबा / क्षमायाचना गरोस् र पापमा अडिग नबसोस्। तर यदि उसको पाप हामीसमक्ष साबित भयो भने, हामी उसमाथि त्यस पापको लागि अल्लाह तआलाको किताबमा उल्लेखित हद /सजाय लागू गर्नेछौं।