नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, अल्लाहले हदीस कुद्सीमा भन्नुभएको छ: हे आदमको सन्तान, जबसम्म तिमी मलाई पुकारिरहन्छौ, मेरो कृपाको आशा गर्छौ र निराश हुँदैनौ भने; म तिम्रो पापलाई ढाकेर राख्ने छु र माफी दिनेछु र मलाई त्यसको परवाह छैन, यद्यपि ठूलो पाप भए पनि । हे आदमको सन्तान: तिम्रा पापहरू जतिसुकै भए पनि, आकाश र पृथ्वीबीचको ठाउँ र कुनाकाप्चालाई भरिदिए पनि, यदि तिमी मसँग क्षमा माग्छौ भने; म तिम्रा सबै पापहरूलाई पखालेर माफी दिनेछु र मलाई त्यसको परवाह छैन । हे आदमको सन्तान: यदि तिमी मरेपछि मकहाँ पृथ्वी बराबर पाप र अनाज्ञाकारिता लिएर आयौ र तिम्रो मृत्यु तौहीदको अवस्थामा भएको थियो र मसँग कसैलाई शिर्क (साझेदार) गरेका छैनौ भने म तिमीकहाँ पृथ्वी बराबर क्षमा लिएर आउनेछु; किनकि म क्षमाले भरिएको छु र म शिर्क (बहुदेववाद) बाहेक सबै पापहरू क्षमा गर्छु ।