नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि राम्रोसँग वुजू गर्छ र त्यसपछि उभिएर आफ्नो पापको पश्चात्ताप गर्ने मनसायले दुई रकात नमाज पढ्छ र अल्लाहसँग क्षमायाचना गर्छ भने अल्लाहले उसलाई क्षमा गरिदिनु हुन्छ। त्यसपछि अल्लाहको रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो: {र, उनीहरूले कुनै अश्लील कार्य गरेमा वा आफैंमाथि अन्याय गरेमा अल्लाहलाई स्मरण गरेर आफ्ना पापहरूका लागि क्षमायाचना गर्छन् । र, अल्लाहबाहेक कसले पापलाई क्षमा गर्न सक्छ र ? र, उनीहरू जानी-जानी आफ्नो कुकर्ममा हठ गर्दैनन् ।} [आलि-इम्रान: १३५]