यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूलाई सोध्नुभयो : के तिमीहरू यस्तो कामको बारेमा जान्न चाहन्छौं, जसद्वारा पापहरू क्षमा हुन्छन्, फरिश्ताले लेखिएका पापहरू मेटिन्छन् र स्वर्गमा उच्च स्थान प्राप्त हुन्छ? सहाबाहरूले भने: हो, हामी जान्न चाहन्छौं, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: पहिलो: कठिनाइका बाबजुद पूर्ण रूपमा वुजू गर्नु; जस्तै– पानी अत्यन्तै चिसो वा तातो हुनु, पानी कम हुनु वा शरीर दुखिरहेको हुनु आदि। दोस्रो: अत्याधिक कदम चल्नु भनेको घर टाढा भए पनि मस्जिद बारम्बार जानु । तेस्रो: नमाजको समयको प्रतीक्षा गर्नु, हृदयलाई नमाजसँग जोडेर राख्नु, नमाजको लागि तयार रहनु र मस्जिदमा बसेर जमातको प्रतीक्षा गर्नु। त्यसैगरी नमाज पढिसकेपछि आफ्नो मुसल्ला (नमाज पढ्ने ठाउँ) मा नै बसेर अर्को नमाजको प्रतीक्षा गर्नु। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यी कार्यहरूलाई नै वास्तविक रिबात (जिहाद) बताउनुभएको छ; किनभने यसले मनभित्र हुने शैतानको चलखेललाई अवरुद्ध गर्दछ, मनोकांक्षाहरूलाई पराजित गर्दछ र शंकाहरूको निवारण गर्दछ। यसरी हिजबुल्लाह (अल्लाहको समूह) ले शैतानको सेनालाई पराजित गर्दछन्। वास्तवमा, यो सबैभन्दा ठूलो जिहाद हो र शत्रु विरुद्ध गरिने रिबात (जिहाद) सरह हो।