रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दिन र रातमा पाँच अनिवार्य नमाज, हप्तामा एक पटक शुक्रबारको नमाज र वर्षमा रमजान महिनाको उपवासले सानातिना पापहरू मेटिने बताउनुभएको छ । तर यसका लागि शर्त छ कि ठूला-ठूला पापहरूबाट बच्नुपर्नेछ । ठूला पापहरू, जस्तै व्यभिचार र रक्सी सेवन आदि "तौबा" (पश्चात्ताप) नगरीकन क्षमा हुँदैनन् ।