रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मुनाफिक (पाखण्डि) हरू र नमाजमा उनीहरूको आलस्यको बारेमा कुरा गर्दै हुनुहुन्छ, विशेषगरी इशा र फजरको नमाजमा। यदि पाखण्डीहरूलाई मुस्लिमहरूसँग जमातका साथ यी दुई नमाजहरू पढ्दा कति पुण्य र इनाम छ भन्ने थाहा भएको भए तिनीहरूले बच्चाले जस्तै भए पनि हात र घुँडा टेकेर र घिस्रेर आउने थिए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पटक नमाज कायम गर्न र आफ्नो स्थानमा कसैलाई नमाज पढाउन आदेश दिने निर्णय गर्नुभएको थियो । त्यसपछि केही मानिसहरूका साथमा दाउरा बोकेर नमाजमा नआएका मानिसहरूको घरमा आगो लगाउन निर्णय गर्नुभएको थियो । किनभने जमातका साथ नमाज नपढ़नु धेरै ठूलो अपराध हो । तर उहाँले त्यसो गर्नुभएन, किनकि घरहरूमा निर्दोष महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, जसको कुनै अपराध छैन ।