अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "मुनाफिक (पाखण्डी, कपटी) को उदाहरण त्यस्तो बाख्राजस्तै हो, जुन दुई बथान बीच अलमल्ल पर्छ, कहिले यस बथानतिर जान्छ त कहिले त्यस बथानतिर।।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि पाखण्डीको अवस्था दुविधा र अलमलमा परेको बाख्रा जस्तै हुन्छ, जसलाई बाख्राको कुन समूहसँग बस्ने भनेर थाहा हुँदैन, कहिले यो बथानमा जान्छ त कहिले त्यो बथानमा । पाखण्डीहरूले ईमान र कुफ्र (विश्वास र अविश्वास) को बीचमा भ्रमको जीवन बिताउँछन् । तिनीहरू बाहिरी र भित्री रूपमा नत मुस्लिमहरूसंग हुन्छन् नत काफिरहरूसँग नै। बरू उनीहरू बाहिरी रूपमा मुस्लिमहरूसँग देखिएपनि भित्री रूपमा शंका र द्विविधाको अधीनमा हुन्छन् । त्यसैले कहिले यतातिर झुक्छन् त कहिले उतातिर।

explain-icon

fawaed

  • नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले कुराको अर्थ स्पष्ट पार्न उदाहरणहरूको प्रयोग गर्नुहुन्थ्यो।
  • यस हदीसमा कपटीहरूको दुविधा, शंका र अस्थिरता बारे वर्णन गरिएको छ।
  • यस हदीसमा कपटीहरूको दुर्दशाबारे चेताउनी दिइएको छ र बाहिरी तथा भित्री रूपमा विश्वास(ईमान)मा साँचो र दृढ रहन प्रोत्साहित गरिएको छ ।
explain-icon

more