नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधियो: कुन कर्म अल्लाहलाई सबैभन्दा धेरै प्रिय छ? उहाँले जवाफ दिनुभयो: शरियतले तोकेको समयमा फर्ज (अनिवार्य) नमाज पढ्नु । त्यसपछि आमाबाबुको आदर गर्नु; उनीहरूसँग दयालु व्यवहार गर्ने, तिनीहरूको अधिकार पूरा गर्नु र तिनीहरूको अवज्ञाबाट बच्नु । त्यसपछि, अल्लाहको वचनलाई उच्च पार्न, इस्लाम र मुस्लिमहरूको रक्षा गर्न, र इस्लामका शिआर (धार्मिक चिन्ह र मूल्यहरू) को सर्वोच्चता स्थापित गर्न आफ्नो ज्यान र धन दुवैसँग अल्लाहको मार्गमा जिहाद गर्नु हो। अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) भन्नुहुन्छ : रसूलल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई यी कार्यहरूको बारेमा बताउनुभयो; र यदि मैले ‘त्यसपछि के?’ भनी थप सोधिरहेँको भए, उहाँले मलाई अझ धेरै कुराहरू बताउनुहुन्थ्यो।