नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि मुस्लिमले आफ्नो भाइसँग तीन दिन भन्दा बढी बोलचाल बन्द गर्न र एकअर्कालाई भेट्दा सलाम नगर्ने व्यवहार निषेध गर्नुभएको छ । यी दुई मध्ये राम्रो मान्छे त्यो हो जसले मौनतालाई तोड्छ र अगाडि आएर सलाम गर्छ । यहाँ व्यक्तिगत स्वार्थका लागि कुराकानी बन्द गरिएको हो भन्ने बुझ्नुपर्छ । तर यदि कसैले अल्लाहको खातिर सम्बन्ध तोडेको छ, जस्तै अल्लाह र उहाँका रसूलको अवज्ञा गर्नेहरू, अधर्मी र खराब साथीहरूदेखि कुराकानी बन्द गर्ने भनेको यो कुनै समय सीमाले बाँधिएको छैन । यो कारण र परिवेशमा निर्भर छ, कारण समाप्त हुने बित्तिकै सम्बन्ध स्वतः सुचारु हुन्छ ।