अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जब तिमीहरूमध्ये कोही आफ्नो भाइलाई भेट्छौ भने, उसलाई सलाम (अभिवादन) गरोस्। अनि यदि तिनीहरूको बीचमा कुनै रूख, पर्खाल वा ढुङ्गा आउँछ र ऊ उसलाई (फेरि) भेट्छ भने, उसलाई पुन: अभिवादन गरोस्।" सही - अबू दाऊदले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक मुस्लिमलाई आफ्नो भाइलाई भेट्दा अभिवादन गर्न प्रोत्साहित गर्नुभयो। यदि ती दुई जना सँगै हिंडिरहेका छन् र बीचमा रूख, पर्खाल वा ठूलो ढुङ्गा आयो भने फेरि भेट्दा अभिवादन गर्नुपर्छ।

explain-icon

fawaed

  • सलाम फैलाउनु (मुस्तहब) हो, प्रत्येक पटक भेट्दा सलाम गर्नु ।
  • नबी (सल्लल्लाहु अलैहि वसल्लम) कडा रुपमा सलाम फैलाउन प्रयास गर्नुहुन्थ्यो, किनकि यसले मुस्लिमहरूमाझ प्रेम र एकता सिर्जना गर्दछ।
  • सलाम (अभिवादन) भनेको "अस्-सलामु अलैकुम" वा "अस्-सलामु अलैकुम वा रहमतुल्लाही वा बरकातुहु" भन्नु हो। यसमा हात मिलाउनु (मुसाफह) समावेश छैन, जुन पहिलो पटक भेट्दा गरिन्छ।
  • सलाम दुआ हो र मुस्लिमहरू एक अर्कोलाई दुआ दिनु आवश्यक छ, चाहे यो बारम्बार नै किन नहोस् ।
explain-icon

more