अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सवारले पैदल हिंड्नेलाई, पैदल हिंड्नेले बसेकालाई र सानो समुहले ठूलो समुहलाई सलाम गर्नु पर्दछ ।" बुखारीमा छ: "सानोले ठूलोलाई, पैदलले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नु पर्दछ ।" सही - मुत्तफकुन अलैहि
explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकअर्कालाई सलाम (अभिवादन) गर्ने शिष्टाचार सिकाउनुभएको छ : 'अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु' (तपाईंमाथि अल्लाहको दया र आशीर्वाद होस्) सानोले ठूलोलाई, सवारले हिँड्नेलाई, हिँड्नेले बसेकालाई र सानो समूहले ठूलो समूहलाई सलाम गर्नुपर्ने हुन्छ ।

explain-icon

fawaed

  • हदीसमा उल्लेखित तरिका अनुसार सलाम गर्नु मुस्तहब (पुण्यकारी) हो । तर यदि पैदल हिड्नेले सवारलाई सलाम (अभिवादन) गर्छ भने पनि जायज छ।
  • हदीसमा उल्लेखित तरिका अनुसार सलाम फैलाउनु प्रेम र सद्भावको एक कारण हो ।
  • यदि दुई व्यक्ति वा धेरैजना समान अवस्थामा छन् भने, उनीहरूमध्ये जसले पहिला सलाम गर्छ, ऊ उत्तम हो ।
  • यो हदीसले इस्लामिक कानून पूर्ण छ र यसले मानिसहरूलाई आवश्यक पर्ने सबै कुराहरू समेटेको छ भन्ने तथ्य स्पष्ट पार्छ ।
  • हदीसले सलाम गर्ने शिष्टाचार र हरेक व्यक्तिलाई उसको हक दिनुपर्छ भन्ने कुरा सिकाउँछ।
explain-icon

more