रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित सोधियो: इस्लामका कुन गुणहरू सबैभन्दा उत्कृष्ट छन्? उहाँले निम्न दुई गुणहरू उल्लेख गर्नुभयो: पहिलो: गरिबलाई पटकपटक खान खुवाउनु, जसमा सद्का, उपहार, पाहुना सत्कार र भोज सामेल हुन्छ। विशेषगरी अनिकाल र उच्च महँगीको समयमा खुवाउनुको ठूलो महत्व छ । दोस्रो: परिचित वा अपरिचित हरेक मुस्लिमलाई सलाम (अभिवादन) गर्नु ।