रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले खबरदार गर्दै भन्नुभएको छ: मानिसहरूले मुस्लिमहरूको सम्पत्तिको दुरुपयोग गर्छन् र गलत तरिकाले कब्जा गर्छन्। यसमा अनुचित रूपमा सम्पत्ति जम्मा गर्ने, कमाउने र गलत ठाउँमा खर्च गर्ने सबै कुरा समावेश छन् । त्यस्तै अनाथको सम्पत्ति हडप्ने, वक्फ (परोपकारी संस्था) को सम्पत्ति कब्जा गर्ने, नासोलाई अस्वीकार गर्ने र सार्वजनिक कोष बिना कुनै अधिकार प्रयोग गर्ने समावेश छन् । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कयामतको दिन त्यस्ता मानिसहरूको सजाय नर्क हो बताउनु भयो ।