अबू-मस्ऊद अल्-अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एकजना मानिस नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मेरो सवारी मरेको छ, त्यसैले मलाई सवारीको लागि एउटा जनावर दिनुहोस् । उहाँले भन्नुभयो: "मसँग कुनै जनावर छैन ।" यो सुनेर एक व्यक्तिले भने: हे अल्लाहका रसूल ! म उसलाई एक व्यक्तिको बारेमा बताउन सक्छु, जसले उसलाई सवारी दिनेछ । त्यसैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जसले राम्रो कामको मार्गदर्शन गर्दछ, उसलाई त्यो कर्म गर्ने व्यक्ति बराबर पुण्य दिइनेछ ।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

Explanation

एकजना मान्छे नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर भने: मेरो सवारी साधन (जनावर) मरेको छ, कृपया मलाई गन्तव्यसम्म पुर्‍याउने कुनै सवारी दिनुहोस्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले माफी माग्दै भने कि उहाँसँग कुनै पनि सवारी साधन छैन जसमा उहाँलाई सवार गराउन सकुन। यो सुनेर त्यहाँ उपस्थित एक व्यक्तिले भने, हे अल्लाहका रसूल ! म उसलाई एक जना व्यक्तिको बारेमा बताउन सक्छु जसले उसलाई सवारीको लागि जनावर दिन सक्छ । यस सन्दर्भमा, उहाँले भन्नुभयो, यस व्यक्तिले पनि त्यो मान्छेले जस्तै इनाम पाउनेछ जसले उसलाई सवारी दान गरको थियो ,किनभने यसले खाँचोमा परेका व्यक्तिलाई उचित मार्गदर्शन प्रदान गरेको छ ।

explain-icon

Benefits from the Hadith

  • राम्रो काम र सही मार्गदर्शन गर्न प्रेरणा ।
  • राम्रो कामको लागि प्रेरणा, किनभने यसले मुस्लिम समाजलाई बलियो र पूर्ण बनाउँछ ।
  • अल्लाहको अपार कृपा ।
  • यो हदीस एक आम नियम र सिद्धान्त हो र सबै राम्रा कामहरू यसमा समावेश छन् ।
  • जब कुनै मान्छे माग्ने व्यक्तिको आवश्यकता पूरा गर्न असमर्थ हुन्छ, तब उसलाई सहायता प्राप्त हुने सम्भाव्य सही मार्गनिर्देशन गर्नुपर्छ ।
explain-icon

More ...