अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै मुस्लिमले आफ्नो मुस्लिम भाइको कुनै पनि कुरामा भएको गल्ती लुकाउँछ, अल्लाह सर्वशक्तिमानले न्यायको दिनमा उसको गल्ती लुकाउनुहुनेछ। किनभने व्यक्तिलाई उसले गरेको कर्म अनुसार पुरस्कृत गरिन्छ। अल्लाहको लुकाउने अर्थ भनेको उहाँले उसको गल्तीहरू र अपराधहरूलाई महशरको मैदानमा भेला भएका मानिसहरू बाट लुकाएर उसलाई ढाक्नुहुनेछ। यो पनि हुन सक्छ कि उहाँले तिनीहरूलाई जवाफदेही बनाउनुहुनेछैन र उहाँको अगाडि तिनीहरूको उल्लेख गर्नुहुनेछैन।

explain-icon

Benefits from the Hadith

  • जब कुनै मुस्लिमले पाप गर्छ, उसलाई ढाकछोप गर्नुपर्छ र साथै उसलाई हप्काउनु पर्छ, उपदेश दिनुपर्छ र अल्लाहको डर देखाउनुपर्छ । तर यदि ऊ दुष्ट र भ्रष्टाचारी छ र खुलेआम अनैतिकता र व्यभिचार गरिरहन्छ भने, उसलाई ढाकछोप गर्नु हुँदैन। किनभने त्यसलाई ढाकछोप गर्नु भनेको उसलाई पाप गर्न प्रोत्साहित गर्नु हो। त्यस्तो व्यक्तिको बारेमा सरकारलाई जानकारी दिइनेछ। यद्यपि उनको पाप सार्वजनिक हुनेछ, किनकि उसले खुलेआम पाप गर्छ।
  • अरूका गल्तीहरू ढाकछोप गर्न प्रोत्साहन।
  • गल्तीहरू लुकाउने एउटा फाइदा के हो भने यसले पापीलाई आफ्नो गल्ती सुधार्ने र अल्लाहतर्फ फर्कने अवसर मिल्छ। किनभने मानिसहरूको गल्ती र लुकेका कुराहरू उजागर गर्नुको अर्थ वास्तवमा खराबीलाई प्रचार गर्नु, सामाजिक वातावरण बिगार्नु र मानिसहरूलाई खराब गर्न प्रोत्साहित गर्नु हो।
explain-icon

More ...