नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जुल-हिज्जा महिनाको पहिलो दश दिनमा पुण्यका काम गर्नु वर्षको अन्य दिनहरूमा पुण्य कर्महरू गर्नु भन्दा राम्रो छ । त्यसैले उहाँका साथीहरूले सोधे, यी दस दिनहरू बाहेक अन्य दिनहरूमा अल्लाहको मार्गमा जिहाद गर्नु उत्तम हो कि यी दस दिनमा सत्कर्म गर्नु ? किनभने जिहाद उत्तम कार्यहरू मध्ये एक हो भन्ने कुरा उनीहरूलाई थाहा थियो । यसको जवाफ दिँदै रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : यी दश दिनहरूमा राम्रो काम गर्नु अन्य दिनहरूमा जिहाद गर्नु भन्दा राम्रो हो! त्यो व्यक्ति बाहेक जसले अल्लाहको बाटोमा जिहादको लागि आफ्नो जीउधनलाई जोखिममा राखेर निस्क्यो र अल्लाहको बाटोमा आफ्नो सम्पत्ति र ज्यान सबै थोक अर्पण गर्यो । यी दश दिनहरूमा पुण्य कर्म गर्नुभन्दा यो व्यक्तिको यस कर्म (शहादत) उत्तम हो ।