सह्ल बिन हुनैफ (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले निष्कपट हृदयले अल्लाहसँग शहादत (धर्मको लागि जीवन उत्सर्ग) प्राप्त गर्न प्रार्थना गर्छ, अल्लाहले उसलाई शहीदहरूकै दर्जामा पुर्‍याउनुहुन्छ; चाहे उसको मृत्यु आफ्नै ओछ्यानमा नै किन नहोस्।" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले अल्लाहको मार्गमा लड्दै शहीद हुन र मर्न खोज्छ, यदि ऊ आफ्नो मनसायमा साँचो छ भने, अल्लाहले उसलाई उसको साँचो मनसाय अनुसार शहीदको दर्जा दिनुहुनेछ चाहे उसको मृत्यु ओछ्यानमा किन नहोस्। ।

explain-icon

fawaed

  • लक्षित काम पूरा गर्न नसके पनि साँचो मनसाय छ भने नियत अनुसार प्रतिफल र पुण्य प्राप्त हुन्छ ।
  • यसमा अल्लाहको मार्गमा जिहाद गर्न र शहादत (शहीद हुने सौभाग्य) प्राप्त गर्न प्रोत्साहित गरिएको छ।
  • यसमा अल्लाहले मुस्लिम समुदायलाई प्रदान गर्नुभएको विशिष्ट सम्मानलाई स्पष्ट पारिएको छ, जसअनुसार कुनै मुस्लिमले थोरै सत्कर्म गरे तापनि अल्लाहले त्यसको प्रतिफलस्वरूप उसलाई स्वर्गको उच्च दर्जा प्रदान गर्नुहुन्छ।