अमीरुल मोमिनीन अबु हफ्स उमर बिन अल-खत्ताब (रजियल्लाहु अन्हु)बाट वर्णन गरिएको छ, उनले भने: मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "सम्पूर्ण कर्महरू नियतमा आधारित छन् र प्रत्येक व्यक्तिले आफ्नो नियतअनुछ,र नै प्रतिफल पाउँछ। यदि कसैले अल्लाह र उहाँका रसूलका लागि 'हिजरत' गर्छ भने, उसको हिजरत अल्लाह र उहाँका रसूलकै लागि मानिन्छ; तर यदि कसैले छ,ंछ,रिक लाभ वा कुनै महिलासँग विवाह गर्ने उद्देश्यले 'हिजरत' गर्छ भने, उसको 'हिजरत' सोही उद्देश्यका लागि मानिन्छ जसका निम्ति उसले 'हिजरत' गरेको हो।" सही - رواه إماما المحدثين أبو عبد الله محمد بن إسماعيل بن إبراهيم بن المغيرة بن بردزبه البخاري وأبو الحسين مسلم بن الحجاج بن مسلم القشيري النيسابوري في صحيحيهما اللذين هما أصح الكتب المصنفة
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, सबै कार्यहरू नीयतमा निर्भर हुन्छन् । यो हुकुम सबै कर्म र मामिलाहरूको लागि लागु हुन्छ । जसले आफ्नो कर्मबाट केही लाभ प्राप्त गर्न चाहन्छ उसले त्यो लाभ मात्र पाउँछ, पुण्य पाउँदैन । यसको विपरित, जसले आफ्नो कर्मद्वारा अल्लाहको निकटता र प्रशन्नता प्राप्त गर्न चाहन्छ उसलाई उसको कर्मको प्रतिफल दिइन्छ, चाहे त्यो कार्य खाने र पिउने जस्तो साधारण कार्य नै किन नहोस् । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कार्यहरूमा नीयतको प्रभावलाई व्याख्या गर्न एउटा उदाहरण दिनुभयो, जसमा हामी देख्छौं, कार्यको बाहिरी रूप एउटै भए पनि परिणाम फरक हुन्छ । जसले अल्लाहको खुशी प्राप्त गर्न आफ्नो देश छोड्ने मनसाय राखेको छ, उसको प्रवास एक धार्मिक प्रवास हो र उसलाई उसको सही नियतको प्रतिफल दिइनेछ । तर जो व्यक्ति प्रवास गर्दा धन, पद, व्यापार र विवाह आदि जस्ता सांसारिक लाभलाई प्राप्त गर्ने उद्देश्य राख्छ, उसले प्राप्त गर्न चाहेको लाभ मात्र प्राप्त हुन्छ । पुण्य र भलाइ उसलाई प्राप्त हुँदैन ।

explain-icon

fawaed

  • इखलास [निष्ठा] अनुशरण गर्ने प्रेरणा, किनकि अल्लाहले केवल ती कार्यहरू स्वीकार गर्नुहुन्छ जुन उहाँको खुशी प्राप्त गर्ने उद्देश्यले गरिन्छ ।
  • यदि कुनै व्यक्तिले अल्लाहको निकटता प्राप्त गर्ने कार्यहरू केवल आदतको रूपमा गर्छ भने, उसले कुनै प्रतिफल प्राप्त गर्दैन । जबसम्म उसले अल्लाहको निकटता प्राप्त गर्ने नीयत गर्दैन ।
  • नियतद्वारा एक इबादत (उपासना) अर्को इबादतबाट छुट्याइन्छ र त्यसैगरी इबादतहरू र आदतहरू बीचको अन्तर पनि निर्धारण गर्छ।