जैद बिन खालिद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई (युद्ध उपकरणहरू उपलब्ध गराएर) तयार गर्छ, उसले पनि जिहाद गरेको हुन्छ। र, जसले युद्धमा जाने व्यक्तिको परिवारको राम्रो रेखदेख गर्छ, उसले पनि जिहाद गरे सरह हुन्छ।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले अल्लाहको बाटोमा जिहाद गर्ने (योद्धा) लाई आवश्यक हतियार, युद्ध उपकरणहरू, सवारी साधन, खानपिन र अन्य चीजहरू उपलब्ध गराएर तयार गर्छ; ऊ नियमअनुसार योद्धासरह नै ठहरिन्छ र उसलाई पनि जिहाद गर्नेहरूको जत्तिकै पुण्य प्राप्त हुन्छ। जसले जिहाद गर्ने व्यक्तिको जिम्मेवारी लिन्छ र उसको अनुपस्थितिमा उसको घरपरिवारको राम्रोसँग हेरचाह गर्छ भने त्यस्तो व्यक्ति पनि नियमअनुसार योद्धासरह नै ठहरिन्छ।

explain-icon

Benefits from the Hadith

  • यसमा मुस्लिम समुदायलाई पुण्य कर्ममा सहयोग गर्न प्रोत्साहित गरिएको छ।
  • इब्न हजर (रहिमहुल्लाह) ले भन्नुभएको छ: “यस हदीसमा मुसलमानहरूका लागि कुनै कल्याणकारी कार्य गर्ने वा उनीहरूको महत्त्वपूर्ण आवश्यकता पूरा गर्ने व्यक्तिसँग राम्रो व्यवहार गर्न र उसलाई सम्मान दिन प्रोत्साहित गरिएको छ।”
  • सामान्य नियम अनुसार जसले कुनै व्यक्तिलाई अल्लाहको आज्ञापालनको कार्यमा सहयोग गर्छ, उसलाई पनि सो कार्य गर्ने व्यक्ति सरह नै पुण्य प्राप्त हुन्छ, र यसबाट सहयोग प्राप्त गर्ने व्यक्तिको पुण्यमा कुनै कमी आउँदैन।