अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरू भित्र पाइने दुई कुराहरूको बारेमा कुरा गर्दै हुनुहुन्छ, जुन वास्तवमा काफिरको तरिका र इस्लाम पूर्वको नैतिकता हुन्। यी हुन्: १. मानिसहरूको वंशको निन्दा गर्नु, उनीहरूको कमजोरी औंल्याउनु र उनीहरूमाथि घमण्ड गर्नु। २. विपत्तिमा अल्लाहको निर्णयसँग रिसाउनु, ठूलो स्वरले रुनु र विचलित भएर लुगा च्यात्नु।