अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि मानिसहरूले यो आयत पढ्छन्: {हे आस्थावानहरू हो ! तिमीहरू आफ्नो चिन्ता गर; यदि तिमीहरू मार्गनिर्देशित छौ भने, पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुऱ्याउने छैनन् ।} [अल-माइदह: १०५] केही मानिसहरूले यो आयतको अर्थ यसरी लिन्छन् कि मानिसले केवल आफ्नो आत्म-सुधारमा मात्र ध्यान दिनुपर्छ, र त्यसपछि अरू कोही मार्गभ्रष्ट भए पनि त्यसले उसलाई कुनै हानि हुने छैन, र त्यसैगरी उनीहरूमाथि 'सत्कर्मको आदेश दिने र दुष्कर्मबाट मनाही' गर्ने जिम्मेवारी रहँदैन! तर, अबू बकर (रजियल्लाहु अन्हु) ले स्पष्ट पार्नुभयो कि आयतको अर्थ त्यस्तो होइन बरु उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको थिए: जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र रोक्न सक्ने शक्ति हुँदाहुँदै पनि रोक्दैनन्, तब अल्लाहले अत्याचार गर्ने र त्यसबारे मौन बस्ने सबैलाई सजाय दिने सम्भावना हुन्छ।