रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जो व्यक्ति हाकिमको आज्ञाकारिताबाट बाहिर निस्क्यो र हाकिमप्रति सर्वसम्मत रूपमा वफादारीको प्रतिज्ञा गरेका मुस्लिमहरूको समूहबाट अलग भयो र त्यही अवस्थामा उसको मृत्यु भयो भने इस्लाम पूर्वका मानिसहरू जस्तै उसको मृत्यु भयो । किनभने उनीहरूले न कुनै अमीर वा हाकिमको आज्ञापालन गर्थे, न त कुनै समूहसँग जोडिन्थे। बरु, विभिन्न समूह र गुटहरूमा विभाजित भएर आपसमा लड्ने गर्दथे । त्यसैगरी सत्य वा असत्य स्पष्ट नभएको झण्डामुनि लड्ने व्यक्ति धर्म वा सत्यको लागि भन्दा आफ्नो समुदाय वा आफ्नो जनजातिको लागि बिना हिक्मत र बिना ज्ञान लडिरहेको हो भनेर उहाँले स्पष्ट पार्नु भएको छ । यदि त्यही अवस्थामा उसको मृत्यु भयो भने उसको अज्ञानताको मृत्यु हुनेछ । त्यसैगरी, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को उम्मत विरुद्ध विद्रोह गर्छ, आफ्नो गलत कामको वास्ता नगरी र त्यसको परिणामबाट नडराइकन असल र खराब हरेक व्यक्तिको शिर काट्न थाल्छ, गैर-मुस्लिमहरूलाई गरेको वाचा पूरा गर्दैन र हाकिमहरूसंग गरेको प्रतिज्ञालाई खुलेआम उल्लङ्घन गर्छ भने यो ठूलो पाप हो र त्यसो गर्ने व्यक्ति यो कडा चेतावनीको हकदार हुनेछ ।