रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दीन (धर्म) र सांसारिक सबै मामिलाहरूमा शरीअतको सीमाभित्र रहेर मानिसहरूलाई सहजता प्रदान गर्न र उनीहरूलाई कठिनाइमा नराख्न आदेश दिइरहनु भएको छ । साथसाथै उहाँ मानिसहरूलाई खुशीको खबर सुनाउन र घृणा पैदा नगर्न प्रोत्साहित गर्नुभएको छ ।