रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भनिरहनु भएको छ, जसले फजरको नमाज पढ्छ, ऊ अल्लाहको सुरक्षा र निगरानीमा हुन्छ । अल्लाहले उसको रक्षा गर्नुहुन्छ, उसको लागि बदला लिनुहुन्छ र सहायता गर्नुहुन्छ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो सुरक्षा उल्लङ्घन नगर्न चेतावनी दिनुभयो । यो सुरक्षा तोड्ने एउटा रूप फजर नमाज छोड्नु हो र अर्को रूप फजर नमाज पढ्ने व्यक्तिसँग दुर्व्यवहार हो । जसले यसो गर्दछ, उसले यस संरक्षणको पर्खाललाई भत्कायो र अधिकार बेवास्ता गरेकोमा अल्लाहले उसलाई आफ्नो सामु उपस्थित गराउनु हुनेछ र जसलाई अल्लाहले आफ्नो सामु हाजिर गराउनु हुनेछ, त्यसलाई उसको अनुहार घिसार्दै नरकमा फालिदिनु हुनेछ ।