explain-icon

exp

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ती चरमपन्थीहरूको विनाश र बर्बादीको बारेमा बताउँदै हुनुहुन्छ, जो ईश्वरीय मार्गदर्शन र ज्ञान बिना आफ्नो धर्म, वचन र कार्यहरूमा नबी द्वारा तोकिएको कानूनी सीमा (शरिया) भन्दा बाहिर जान्छन् ।

explain-icon

fawaed

  • हरेक काममा बनावटी व्यवहार र उग्रता बाट मनाही गरिएको हो, त्यसैले यसबाट बच्न अति नै आवश्यक छ; विशेषगरी धर्मकार्य र धार्मिक मानिसहरूको सम्मानमा ।
  • उपासना आदि लाई पूर्णताका साथ गर्न प्रयास गर्नु सराहनीय कुरा हो, तर यसका लागि शरीयतको पालना गर्नु आवश्यक छ ।
  • कुनै पनि महत्त्वपूर्ण कुरालाई जोड दिनु "मुस्तहब"(राम्रो) हो, किनकि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो वाक्यलाई तीन पटक दोहोर्‍याउनु भयो ।
  • यस हदीस बाट स्पष्ट हुन्छ कि इस्लाम एक सहज र उदार धर्म हो ।