उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा हुँदा देखेको कुराहरु प्रति आश्चर्य मानेर मारिया नामको चर्चमा देखेको तस्वीर, चित्रहरू र सजावटहरू बारे बताउनुभयो , उनको कुरा सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चर्चहरूमा ती चित्रहरू राख्नुको कारण स्पष्ट पार्नुभयो; उहाँले भन्नुभयो: "तिमीले जसको बारेमा बयान गर्यौ, तीमध्ये जब कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, उनीहरू उसको चिहानमा मस्जिद बनाइदिन्थे र त्यसमा नमाज पढ्थे र त्यसभित्र तस्बिरहरू राख्ने गर्थे। उहाँले यसलाई थप व्याख्या गर्दै भन्नुभयो, 'यस प्रकारको काम गर्ने व्यक्ति अल्लाहको दृष्टिमा सबैभन्दा खराब सृष्टि हो; किनभने उसको यो कार्यले शिर्कको ढोका खोल्छ।