अबू तल्हा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "फरिश्ताहरू त्यस घरमा प्रवेश गर्दैनन्, जहाँ कुकुर वा तस्बिर ( जीवन्त कुराको चित्र वा मूर्ति) हुन्छ।" सही - मुत्तफकुन अलैहि
explain-icon

Explanation

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जुन घरमा कुकुर वा सजीव प्राणीहरूका तस्बिर (चित्र वा मूर्तिहरू) हुन्छन्, त्यस्तो घरमा रहमत(दया) का स्वर्गदूतहरू प्रवेश गर्दैनन्। यो यसकारण हो कि जीवित प्राणी (आत्मा भएका) को तस्बिर (चित्र वा मूर्ति) बनाउनु गम्भीर पाप हो; किनकि यसमा अल्लाहको सिर्जनाको नक्कल र त्यससँग प्रतिस्पर्धा गर्ने कुरा हुन्छ र यो शिर्क (बहुदेववाद) का माध्यमहरूमध्ये एक हो र तीमध्ये कतिपय त अल्लाहबाहेक पूजा गरिने वस्तुहरूको चित्र हुन्छन्। फरिश्ताहरू कुकुर भएको घरमा प्रवेश नगर्नुको कारण यो हो कि कुकुरले धेरै नजिस (अशुद्ध) वस्तुहरू खाने गर्दछ, र कतिपय कुकुरहरूलाई शैतान भनिन्छ। फरिश्ताहरू शैतानको विपरीत हुन्छन्। साथै, कुकुरको दुर्गन्धका कारण पनि फरिश्ताहरू प्रवेश गर्दैनन्, किनकि उनीहरू दुर्गन्धबाट कष्ट महसुस गर्छन्। यसबाहेक, कुकुर पाल्न निषेध गरिएको छ। तसर्थ, कुकुर पाल्ने व्यक्तिलाई सजायस्वरूप रहमतका फरिश्ताहरूको प्रवेश, उनीहरूको प्रार्थना, क्षमा याचना (इस्तिग्फार), घरमा बर्कत (आशीर्वाद) तथा शैतानको हानिबाट सुरक्षा जस्ता कुराहरूबाट वञ्चित गरिन्छ।

explain-icon

Benefits from the Hadith

  • शिकार गर्ने, पशुधन को हेरचाह गर्ने वा खेतीपातीको रक्षा गर्ने कुकुरबाहेक, अन्य कुकुर पाल्नु हराम (वर्जित) छ।
  • जीवित प्राणीहरूका चित्र वा मूर्तिहरू बनाउनु तथा राख्नु निन्दनीय कार्यहरू हुन्, जसका कारण फरिश्ताहरू त्यस्ता स्थानबाट टाढा रहन्छन्। यी वस्तुहरूको उपस्थितिले त्यस ठाउँलाई अल्लाहको कृपा बाट वञ्चित गराउँछ। कुकुर पाल्ने वा राख्ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।
  • कुकुर वा सजीव प्राणीका चित्र तथा मूर्तिहरू भएको घरमा प्रवेश नगर्ने फरिश्ताहरू केवल ‘रहमत’ (दया) का फरिश्ताहरू हुन्। तर, ‘हाफजा’ (संरक्षकहरू) र विशेष कार्य सुम्पिएका अन्य स्वर्गदुतहरू—जस्तै ‘मलकुल मौत’ (मृत्युका फरिश्ता)—भने हरेक घरमा रूपमा प्रवेश गर्दछन्।
  • भित्ता र अन्य ठाउँमा जीवजन्तुका तस्विरहरू लगाउन निषेध गरिएको छ ।
  • इमाम अल-खत्ताबीले भन्नुभएको छ: "फरिश्ताहरू त्यस्तो घरमा प्रवेश गर्नुहुन्न, जहाँ कुकुर वा (प्राणीका) तस्बिरहरू हुन्छन्। तर पनि, यो निषेध केवल ती कुकुर र तस्बिरहरूका हकमा लागू हुन्छ, जसलाई राख्नु अवैध (हराम) छ। तर जुन अवैध छैनन्, जस्तै शिकार गर्न, खेतीपातीको रक्षा गर्न र पशुधनको हेरचाह गर्न राखिने कुकुरहरू; तथा त्यस्ता तस्बिरहरू जुन गलैँचा, तकिया र यस्तै अन्य वस्तुहरूमा अनादरपूर्वक वा तुच्छ रूपमा (जस्तै खुट्टाले टेक्ने गरी) प्रयोग गरिन्छन्, तिनको उपस्थितिले फरिश्ताहरूको प्रवेशमा कुनै बाधा पुर्‍याउँदैन।