आइशा र अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनीहरूले भने : जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को देहावसान को समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा चादर राख्नुभयो र जब सांस फुल्न थाल्यो उहाँले त्यो चादरलाई हटाएर भन्नुभयो: " अल्लाहको श्राप होस्, यहूदी र ईसाईहरूमाथि, तिनीहरूले आफ्ना नबीहरूको कब्रलाई (चिहान) मस्जिद बनाए ।" उहाँले यहूदी र ईसाईहरू जस्तै नगर्न आफ्नो अनुयायीहरु लाई चेतावनी दिनुभयो । सही - मुत्तफकुन अलैहि
explain-icon

exp

आइशा र अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को देहावसानको समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा कपडाको एउटा टुक्रा राख्नुभयो र पीडाले सास फेर्न गाह्रो भएपछि त्यो टुक्रा हटाउनुभयो र यही कठिन परिस्थितिमा भन्नुभयो: यहूदी र ईसाईहरूमाथि अल्लाहको श्राप होस् । अर्थात्, अल्लाहले तिनीहरूलाई आफ्नो दयाबाट टाढा राखून् । किनभने तिनीहरूले आफ्ना नबीहरूको चिहानमाथि मस्जिदहरू बनाएका थिए । याद रहोस्, चिहानमाथि मस्जिद बनाउने विषय गम्भीर नभएको भए यो कठिन समयमा उहाँले उल्लेख गर्नुहुने थिएन । यो समस्याको गम्भीरता देखेर उहाँले आफ्नो उम्मतलाई यहूदी र इसाईहरूको जस्तो काम गर्न निषेध गर्नुभएको छ । यस कार्यलाई निषेध गर्नुको अर्को कारण यो हो कि यसले शिर्कको ढोका खोल्छ ।

explain-icon

fawaed

  • "नबी र निष्ठावान व्यक्तित्वहरूको चिहानलाई मस्जिद बनाउने कुरामा रोक लगाइएको छ, जहाँ अल्लाहका लागि नमाज पढिन्छ, किनकि यसले शिर्क (अल्लाहको साथ साझेदारी गर्ने) को बाटो खोल्छ।"
  • रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले तौहीद (एकेश्वरवाद) स्थापना गर्न र तौहीदमा खलल पैदा गर्ने सम्पूर्ण कार्यहरू जस्तै चिहानको सम्मान इत्यादिबाट सचेत गर्नुभएको छ, किनभने यसले शिर्कको ढोका खोल्छ ।
  • यहूदी र ईसाईहरूलाई श्राप दिन अनुमति छ । त्यसैगरी तिनीहरूले गरेझैं चिहानहरूमा भवन निर्माण गर्ने अनि चिहानमा मस्जिद बनाउनेहरूलाई पनि श्राप दिन अनुमति छ ।
  • चिहानमाथि भवनहरू निर्माण गर्नु यहूदी र ईसाईहरूको प्रथा हो र यो हदीसमा निषेध गरिएको छ ।
  • चिहानलाई मस्जिद बनाउनको अर्थ भनेको भवन नबनाइए पनि कबर नजिक र कबरतर्फ मुख गरेर नमाज पढ्नु हो ।