रसूल (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुहुन्छ, सेवक जब सजदामा हुन्छ, तब ऊ आफ्नो परमेश्वर को सबैभन्दा नजिक हुन्छ, किनभने सेवकले आफ्नो शरीरको सबैभन्दा उच्च र सम्मानजनक भागलाई भुइँमा राख्छ र अल्लाहको अगाडि नम्रता व्यक्त गर्दछ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सज्दाको अवस्थामा सकेसम्म धेरै भन्दा धेरै प्रार्थना गर्न आदेश दिनुभएको छ, ताकि व्यक्तिले अल्लाहसामु शब्द र कार्य दुवै मार्फत आफ्नो नम्रता व्यक्त गरोस् ।