नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, वचन र आस्था पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको खुशी र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार गरिएका हुन्छन् । अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस, कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो र यो वैध (हलाल) होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खानपिन र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: "हे नबी (सन्देष्टाहरू ) हो ! हलाल (वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् ।" फेरि भन्नुभयो : "हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यो खाऊ ।" फेरि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किनकि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै: १. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदिका निमित्त लामो यात्रा गर्नु । २.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ । ३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु । ४.अल्लाहका नामहरूलाई माध्यम (वसीला) बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! (मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु । स्वीकारका कारणहरू पाइएता पनि मान्छेको दुआ (प्रार्थाना) कबूल हुँदैन । किनभने उसको खाना हराम (अवैध), उसको पिउनु हराम (अवैध), उसको कपडा हराम (अवैध) को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।