अनस बिन् मालिक(रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अजान र इकामतको बीचमा गरिएको प्रार्थना अस्वीकृत हुँदैन।" सही - अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अजान र इकामतको बीचमा (मागिएको) दुआको विशेषता वर्णन गर्नु भयो । किनभने उक्त समयमा (मागिएको) दुआ रद्द हुँदैन र कबूल हुन्छ । सो यस बीचमा अल्लाह तआलासित दुआ माग्ने गर ।

explain-icon

fawaed

  • यो समयमा दुआ माग्नुको विशेषता।
  • जब दुआ गर्ने व्यक्तिले प्रार्थनाको उचित आचरण पालना गर्छ, प्रार्थना स्वीकार हुने ठाउँ र समय अनुसार प्रार्थना गर्छ, अल्लाहको अवज्ञाबाट टाढा रहन्छ, शंका र उप शंकाको ठाउँमा पाइला राख्नबाट जोगिन्छ र अल्लाहमाथि राम्रो विश्वास राख्छ, तब अल्लाहको अनुमतिले उसको प्रार्थना स्वीकार हुने आशा गरिन्छ।
  • "मनावी"ले दुआ कबूल हुने बारेमा भन्नु भएको छ : दुआ तब कबूल हुन्छ जब त्यसका शर्त, आधार तथा नियमहरूमा विचार गरेर दुआ गरिन्छ; यदि तीमध्ये कुनै कुराको ख्याल राखिएन र दुआ कबुल भएन भने केवल आफूलाई दोष दिए हुन्छ ।
  • प्रार्थना स्वीकार हुनुको अर्थ : या त व्यक्तिले मागेको कुरा दिइन्छ, वा त्यो बराबरको खराबी उसबाट हटाइन्छ, वा त्यो उसको भविष्यको लागि भण्डारण गरिन्छ। यी सबै कुराहरू अल्लाहको बुद्धिमत्ता र उसको दयामा निर्भर गर्दछ।