उकबा बिन आमिर (रजीअल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उहाँ भन्नुहुन्छ: हामीमाथि ऊँटहरूको हेरचाह गर्ने जिम्मेवारी थियो। जब मेरो पालो आयो, मैले साँझपख ऊँटहरू चराएर फर्काएँ र अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई मानिसहरूसँग उभिएर कुरा गरिरहनुभएको अवस्थामा पाएँ। उहाँको कुराबाट मैले यो वाक्य सुनेँ: "जसले राम्ररी वुजू गर्छ र त्यसपछि एकाग्रचित्त भएर दुई रकात नमाज पढ्छ, उसका लागि स्वर्ग अनिवार्य हुन्छ। " उनी भन्छन्, मैले भनेँ: "यो कति राम्रो कुरा हो!" यो सुनेर एक व्यक्तिले मलाई भन्नुभयो: "यसभन्दा अघि भनिएका कुराहरू योभन्दा अझ उत्तम थिए।" मैले हेर्दा उहाँ उमर (रजियल्लाहु अन्हु) हुनुहुन्थ्यो। उहाँले भन्नुभयो: "मैले तिमीलाई भर्खरै आएको देखेको थिएँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: 'तिमीहरू मध्ये जसले पूर्ण रूपमा वुजू गर्छ र त्यसपछि "अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्" भन्छ, उसका लागि स्वर्गका आठै ढोकाहरू खोलिनेछन् र उसले चाहेको ढोकाबाट प्रवेश गर्न सक्नेछ।'" सही - मुस्लिमले वर्णन गरेका छन्
explain-icon

exp

नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूसँग कुरा गर्दा दुई महान गुणहरू बताउनुभयो: पहिलो: जसले सुन्नत अनुसार राम्रोसँग वुजू गर्छ र प्रत्येक अङ्गलाई पूर्ण रूपमा धुन्छ, अनि त्यसपछि भन्छ: ‘अश्हदु अल्ला इलाह इल्लल्लाहु व अन्न मुहम्मदन् अब्दुल्लाहि व रसूलुह्’; उसका लागि स्वर्गका आठवटै ढोकाहरू खोलिनेछन् र उसले आफूले चाहेको ढोकाबाट प्रवेश गर्न सक्छ । दोस्रो: जसले पूर्ण तरिकाले वुजू गर्छ, त्यसपछि हृदयलाई पूर्ण निष्कपटता (इख्लास) र विनम्रता (खुशू) का साथ केन्द्रित गरेर दुई रकअत नमाज पढ्छ र आफ्नो अनुहार तथा शरीरका सबै अंगहरूद्वारा अल्लाह सामु झुक्छ र विनयी हुन्छ; उसको लागि स्वर्ग अनिवार्य हुन्छ।

explain-icon

fawaed

  • सानो कर्मको बदलामा महान् प्रतिफल (इनाम) प्रदान गर्नु अल्लाहको ठूलो कृपा हो।
  • यसमा विधिपूर्वक पूर्ण वुजू गर्ने र त्यसपछि पूर्ण एकाग्रता र विनम्रता का साथ दुई रकात नमाज पढ्ने तथा यसबाट प्राप्त हुने महान् प्रतिफल बारे वर्णन गरिएको छ।
  • राम्रोसँग वुजू गरेपछि उक्त दुआ पढ्नु स्वर्गमा प्रवेश गर्ने कारणहरू मध्ये एक हो ।
  • स्नान गरेे पश्चात् पनि यो दुआ पढ्नु मुस्तहब (पुण्यदायी) हो।
  • यसबाट सहाबाहरूको सत्कर्मप्रतिको उत्कट अभिरुचि र लगनशीलता स्पष्ट रूपमा प्रकट हुन्छ—विशेष गरी ज्ञान आर्जन गर्ने, त्यसको प्रचार–प्रसार गर्ने, त्यसमा पारस्परिक सहयोग गर्ने तथा जीविकोपार्जनसम्बन्धी कार्यहरूमा।
  • वुजूपछि गरिने जिक्र (अल्लाहको स्मरण) मा हृदयलाई शिर्कबाट मुक्त गरी शुद्ध बनाउने अर्थ समावेश छ, जसरी वुजू गर्ने कार्यमा शरीरलाई फोहोरबाट पवित्र र स्वच्छ बनाइन्छ।