रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ,कि पीलु आदिको हाँगाले दाँत सफा गर्दा मुख फोहोर र दुर्गन्धबाट जोगिन्छ । मिस्वाक (दतिवन) गर्नले भक्तलाई अल्लाहको प्रसन्नता प्रप्त हुन्छ, किनभने यो अल्लाहको आज्ञाकारिता र उहाँका आदेशहरूको पालना हो र त्यसले मुखको सरसफाइ पनि हुन्छ, जुन अल्लाहलाई बढी मनपर्छ ।