रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, पाँच फित्रत (प्राकृतिक) का कुराहरू इस्लामको विशेषता र पैगम्बरहरूको सुन्नत हुन्: १) खतना गर्नु : लिंगको टुप्पोमा रहेको अतिरिक्त छाला काट्नु हो । त्यसैगरी महिलाको योनिमाथिको छालाको टुप्पो काट्नु । २) गुप्ताङ्गको रौं खौरनु : नाभीमुनि रहेको रौंहरूलाई खौरनु वा कुनै तरिकाले सफा गर्नु । ३) जुँगा छोटो पार्नु : पुरुषको माथिल्लो ओठमा बढेको कपाल ओठ देखिने गरी काट्नु । ४) नङ्ग काट्नु । ५) काखीको रौं उखेल्नु वा कुनै तरिकाले सफागर्नु ।